काठमाडौं,२१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाले चीन भ्रमणका विषयमा जानकारी गराउनु भएको छ ।
राष्ट्रपति कार्यालय सितलनिवासमा पुगी प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग भएको कुराकानीका विषयमा जानकारी गराउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चीन भ्रमण सकेर स्वदेश फर्किएपछि सोमबार पहिलो पटक प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई भेट गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्