भक्तपुर, १२ जेठ । मध्यपुर थिमि नगरपालिका–६ पुरानोठिमीमा पाँच जना युवाले एक २० वर्षीय युवतीमाथि सामुहिक बलात्कार गरेका छन् ।
पुरानोठिमी डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले शुक्रबार साँझ अन्दाजी २० वर्षीय युवतीलाई ललाई फकाई तथा आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगी जबरजस्ती करणी गरेका थिए । गिरीले त्यस बेलुका युवतीलाई जान नदिई अन्य चार जनालाई बोलाई कोठामा पालैपालो रातभरि जबरजस्ती करणी परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।
बलात्कारमा संलग्न काभ्रेपलाञ्चोकको तेमाल गाउँ स्थायी घर भई हाल पुरानोठिमी बस्ने २९ वर्षीय कवाङ लामालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
बलात्कारमा संलग्न अन्य चार जना फरार छन् । लामालाई हिरासतमा लिएर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरी फरार अभियुक्तहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्