काठमाडौँ, १२ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५४ लाख ९४ हजार ४५५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये २२ लाख ९९ हजार ३४५ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको संक्रमणबाट अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ३६ हजार ७९३ जना, इटालीमा ३२ हजार ७८५ जना, स्पेनमा २८ हजार ७५२ जना र फ्रान्समा २८ हजार ३६७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमित हुनेको संख्या १६ लाख ८६ हजार ४३६ जना पुगेको छ । त्यस्तै अहिलेसम्म ब्राजिलमा ३ लाख ६३ हजार ६१८ जना, रसियामा ३ लाख ४४ हजार ४८१ जना, स्पेनमा २ लाख ८२ हजार ८५२ जना र बेलायतमा २ लाख ५९ हजार ५५९ जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा अमेरिकामा ४ लाख ५१ हजार ७०२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ९६ हजार ९५८ जना, जर्मनीमा १ लाख ६० हजार ३०० जना, ब्राजिलमा १ लाख ४९ हजार ९११ जना र इटालीमा १ लाख ४० हजार ४७९ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्