काठमाडौँ, १२ जेठ । नेपाल बंगलादेश बैँकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख दिने निर्णय गरेको छ ।
सोही निर्णयअनुसार आइतबार नेपाल सरकारको उक्त कोषमा बैंकले एक करोड १० लाख दिइसकेको छ । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई दिएका हुन् ।
यससँगै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५ लाख दिएको जानकारी गराएको छ ।










प्रतिक्रिया दिनुहोस्