समाचार

मौसम पूर्वानुमान



काठमाडौँ, १३ जेठ । आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल  देशको  पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशको  पूर्वी  तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपश्चात  सामान्य बदली हुने र  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, मध्य तथा  पूर्वी भूभागका थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।