विश्व

विश्वभर कोरोना संक्रमितको संख्या ५५ लाख ८२ हजार नाग्यो



काठमाडौँ, १३ जेठ । विश्वभर नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ५५ लाख ८२ हजार ४०४ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ३ लाख ४७ हजार ५६३ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या २३ लाख ६१ हजार ८२ जना पुगेको छ ।

हेर्नुहोस्ः कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? 

साभारः https://www.worldometers.info/coronavirus