विचार/ब्लग

प्रधानमन्त्री ओलीले पढाएको राष्ट्रवाद



उपेन्द्र केसी

करिब एक महिना अघि प्रधानमन्त्रीकेपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ढल्न लागेको खुसीयालीमा भोज भत्तेर गर्दै हिड्नेहरुलाई प्रधानमन्त्रीको पछिल्लो कदमले टाउँको दुख्नु स्वाभाविक नै हो । ढल्छ–ढल्छ भनेको ओली सरकार अडिनु र त्यसमा पनि ओलीको चमत्कारीपूर्णढङबाट राष्ट्रवादी छवी निर्माण हुनुले उनका विरोधीहरु छट्टपटाउनु पनि स्वभाविक नै हो । यो राजनीतिको खेलमा ओलीले आफ्ना समकालिन राजनीतिज्ञहरुलाई धेरै पछाडी छोडिदिएका छन् ।

ओली वाहेक उनका समकालिन राजनीतिज्ञहरु अरु कसैले पनि भारतसंग जुध्ने आँट र साहस देखाउने थिएनन् भन्ने कुरा आमनेपालीको मनमा पारिदिएका पनि सत्य नै हो । उनले थालनी गरेको भूमी फिर्ता अभियानलाई पार्टीभित्र र वाहिरमात्रै होइन, आमनेपालीले एक मना एकताका साथ र सहयोग गरिरहेका छन् । र, भनिरहेका छन– यो लडाईको मोर्चामा तिमी एक्लै छैन, हामी पनि तिम्रो साथ छौ भनिरहेका छन् । इतिहासमा गुमेका भूमी फिर्ता ल्याउने उनले अभियान चलाएकोमा उनलाई आम नेपालीले बीर योद्धा भनिरहेका छन् । जो कोहीको पनि हामीले गुण र दोषको आधारमा मूल्याकन गर्ने परिपाटी बसाल्नु पर्छ छ । जसले राम्रो गर्छ त्यसलाई राम्रो र नराम्रोलाई नराम्रै भन्नु पर्छ ।

राम्रो कामलाई राम्रो ग¥यो भन्नु कामको समर्थन मात्रै पनि होइन, त्यसको नेतृत्व गर्ने व्यक्तिलाई थप उत्साहित पार्नु पनि हो । तर, हामीकहाँ राम्रा गर्नेलाई पनि नराम्रो गर्नेलाई पनि एउटै डोकोमा मिसपास पारेर विरोध गर्ने प्रचलन छ । राम्रो काम गर्ने र नराम्रो गर्नेबीचको भेद जबसम्म छुटाउने प्रचलन बसाल्दैनौ, तव सम्म हामी सभ्यसमाज निर्माण र विकासको गतिलाई तीव्रता दिन सक्दैनौ ।

हामी होइन, इतिहास बोल्छ नेपाल निर्माण यताको इतिहासमा गुमेको भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने प्रधानमन्त्री केपी ओली नै हुन् । त्यो आँट र सहासका लागि उनलाई सलाम छ । यस अघि चर्को राष्ट्रवादका धेरै नेताका धेरै भाषणहरु नसुनेको पनि होइन । ती नेताहरु पटक–पटक यो देशको प्रधानमन्त्री नभएका पनि होइनन् । अनि, खोइत उनीहरुले आफू प्रधानमन्त्री हुँदा व्यवहारमा राष्ट्रवादी चरित्र देखाएको ? राष्ट्रवादका चटके कुरा गरेर मात्रै हुन्छ, आफू पदमा भएको बेला व्यवहारमा राष्ट्रवादी काम गर्नु पर्दैन ? पटक –पटक हाम्रो सीमा भारतले मिच्दा सिहदरवारको कुर्सीच्यापेर चुपचाप बस्नेहरुले चर्को राष्ट्रवादको कुरा गरेको सुहाउँदैन् ।

हामीले वर्षे पहिलेदेखि भन्दै आएको साँचिकै नयाँ नेपाल निर्माण गर्न जग ओलीले निडरताका साथ खनेको छन् । उनले यसबीच आमनेपालीको ह्रदयबाटै उर्लिने राष्ट्रवाद के हो भनेर हामीलाई पढाई दिएका छन्। यो सामान्य र चानचुन कुरा होइन । यदि यो सामान्य थियो भने अहिले मात्रै होइन, यस अघि पनि भारतले हाम्रो सीमा मिचेका थिए ? त्यतिबेला यस अघिका प्रधानमन्त्रीले के हेर बसे ? उनीहरुलाई भारतले मिचेको भूमिबारे भारतीय सरकारसंग वार्ता गर्न कसले रोकेको थियो र ? हो, यो पक्कै पनि प्रधानमन्त्री एक्लै ले गरेको भने होइन । यसमा उनको टिम र आम राजनीतिक दलहरुको सहयोग र समर्थन छ । तर, पनि यो काम उनकै नेतृत्व र पहलकदमीमा भएको हो । यस कार्यमा सबै भन्दा बढी जोखिम प्रधानमन्त्रीले नै मोल्लनु भएको छ । उनले खुलाएका छन– हिजो भारतले नाकाबन्दी गर्दा भारतसंग नझुकेकै कारण उनले सत्ताबाट हात धुनु परेको थियो । र, अहिले पनि उनले भनेका छन–देशको भूमि भन्दा ठूलो प्रधानमन्त्री पद होइन, त्यसैले भारतसंगको अतिक्रमित सीमा लडाईमा प्रधानमन्त्री पदलाई दाउँमा राखेको छु ।

राष्ट्रियताको सवालमा हामी यस अघि हामी कहिले एकै ठाउँ नउभिएका कारण नै भारतीय सरकारले हाम्रो लुट्दै आएको हो । र, हाम्रो भूमीमाथि निरन्तर भारतले अतिकक्रमणको बुल्डोजर चलाउँदै आएको हो । राष्ट्रियताको सवालमा पनि यस अघि हामी एक आपसमा जुधेकै कारण भारतले हामी भित्रको विवादमा खेलेर फाईदा उठाउँदै आएको हो ।

राष्ट्रियताका एजेण्डाहरुमा जवसम्म हामी एक भएर उसंग प्रतिवाद गर्दैनौ, निश्चित छ, भोली हामीले हाम्रो सन्ततीहरुलाई छाडेर जाने भूमिहरु बाँकी राख्दैनौ । भारतले हाम्रो भूमिरुपी छातीमाथि अतिक्रमणको बुल्डोजर तीव्रगतिकासाथ चलाईनै रहने छ । हामी भनी सधै–सधै अपमानित भएर आफ्नै सरकारलाई सराप्दै असन्तुष्टिका तितोहरु पोखिरहेका छौ । हो, यही पारालाई हामीले निरन्तरता दिने कि, आउँदा दिनहरुमा अब फरक बाटो समात्ने ।

हो, हामी भारतसंग लडाई लड्न सक्दैनो होला । गुमेको जमिन फर्काउन उसंग सघर्ष गर्ने अन्य तौर–तरिका छौनन र ? हो, एकसाथ एकमना एकताका साथ लागौ असम्भव केही छैन् । असम्भब छैन भन्ने कुरा विगतमा प्रधानमन्त्री ओलीले नै देखाईसकेका छन् । लामो समयसम्भ भारतले नाकाबन्दी लगायो । तर, आमजनताले कष्टपूर्ण जीवन भोगेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दरो साथ दिए । चर्को अभाव र असहज जीवनशैलीका बीच पनि प्रधानमन्त्री ओलीले लिएको अडान ठिक भनिरहे । तत्कालिन प्रधानमन्त्री ओली पनि शतिसाल झै आफ्नो अडान अडिक रहिरहे । इतिहास साक्षी, अन्तत भारत झुक्न वाध्य भयो । सौभाग्यवस आज पनि तिनी प्रधानमन्त्री ओली हामीले पाएका छौ । र प्रधानमन्त्रीले उद्घोस गरिसकेका छन इतिहासमा गुमाएको भूमीहरु भारतसंग फिर्ता लिएरै छाड्ने ।