विचार/ब्लग

जनताले चाहेको जनप्रतिनिधि



नरेन्द्र पन्त

म राजनीतिज्ञ होइन र जान्ने भएर आफ्नो बौद्धिकता देखाउन खोजेको नि होइन । एउटा देशको नागरिक र सचेत नागरिको हैसियतले आफ्नो जनप्रतिनिधि आदर्श पात्र भएको भए भनी कल्पना गर्न खेजेको हु । हुन त जनप्रतिनिधिले व्यक्तिगत अपेक्षा अनुरुप काम नगरे खेदो खन्ने कार्यकर्ताको नि कमि त छैन तै पनि मैले यहाँ एउटा असल र आदर्श जनप्रतिनिधि यस्तो भै दिएको भए हुन्थ्यो भनी बुँदागत लेख्न खोजेको छु ।

१. सके सम्म सबैको फोन उठाउने र सक्ने नसक्ने काम नअल्झाइ स्पष्ट रुपमा समस्याको समाधानको बाटो देखाउने,
२. २/३ जना कार्यकर्ताले भनेको मै बिश्वास गर्नु भन्दा जनतासामु सिधा भेटघाट गरि रहने,
३. चुनाव पश्चात् आफुलाई जिताएर सहयोग गर्ने साथीभाइ, इष्टमित्र र मतदातालाई फुर्सद मिलाई टेलिफोन गरि आफ्नो क्षेत्रको बारेमा खबर राखी राख्ने,
४. अभद्र, असभ्य, छुच्चो र कुमती व्यवहार नगर्ने,
५. सार्बजनिक ठाउँमा नरिसाउने, सबैसँग मधुर स्वरले बोल्ने,
६. लाज, शरम नाघेर पद र पावरको निमित्त दल र गुट परित्याग गर्दै नहिड्ने अडिग र साहसी,
७. राष्ट्रहितको लागि इमान्दार, जिम्मेवार,र समझदार भएको,
८. समाज रदेशको हितको लागि कुटनीतिक चातुर्यता भएको,
९. व्यक्तिगत र पार्टीगत स्वार्थ पूरा गर्ने बेला जनता र देशको ख्याल राख्ने,
१०. जनताको इच्छा, चाहनालाई बुझी काम गर्न सक्ने,
११. बोलाइ, लवाइ, खवाइ, हिडाइ र अन्य सामाजिक बानी व्यवहारमा असल चरित्र भएको,
१२. पार्टी वा कुनै सभा समारोहमा जादा सडकमा बिना सुरक्षाकर्मी सामान्य नागरिक सरह साहसिक ढंगले एक्लै हिड्ने आट भएको ।

अन्त्यमा, म के भन्न चाहन्छु भने यदि राजनीति पैसा कमाउने हेतुले गर्दै हुनुहुन्छ भने राजनिती आजैबाट परित्याग गर्दा भलो हुनेछ । यदि मन, वचन र कर्मले जनताको सेवा गर्ने हेतुले लागि पर्नु भएको छ भने जनतालाई आभास दिलाउनुस् कि मैले राजनीति व्यक्तिगत स्वार्थ भन्दा जनताको र देशको हितको लागि केही गर्न गरेको हुँ भनी । म जनता र देशको लागि र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साखार पार्न सक्छु भनी अठोट गरि राजनिती गर्नुस् सबै राजनीति गर्नेहरुलाई शुभकामना छ । धन्यवाद ११