समाचार

आजको मौसम



काठमाडौँ १४ जेठ । आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बेलुकातिर हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी भू–भाग नजिकै रहेको निम्न चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रसहितमा आंशिक बदली भएको हो ।

त्यस्तै आज दिउँसो पूर्व तथा मध्य पहाडी भू–भागमा सामान्य बदली र पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ भने पूर्व तथा मध्य पहाडी क्षेत्रका केही स्थानमा र पश्चिम पहाडका थोरै स्थानमा मध्याहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पूर्व र मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।