विश्व

भारतमा कोरोना भाइरस संक्रमित संख्या १ लाख ५० हजार नाघ्याे



काठमाडौँ, १४ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख ५० हजार ७५३ पुगेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ३४४ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ५० हजार ७५३ पुगेकाे छ ।

कुल संक्रमितमध्ये हालसम्म ६४ हजार २७७ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८२ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।