काठमाडौँ, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले फास्ट ट्र्याकबाट संविधान संशोधन पारित गर्नुपर्ने बताउनुभएको छ ।
आज प्रतिनिधिसभाका परिवर्तित नेपालको नक्सालाई संविधानको अंग बनोस् भनि संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेता पनि कांग्रेसकै कारण रोकिएको छ । सोही विषयलाई संकेत गर्दै सांसद थापाले तत्काल कांग्रेसको केन्द्रीय कमिटीको बैठक बसी संविधान संशोधनलाई पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा आज लेख्नुभएको छ, ‘परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो । सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौँ ।










प्रतिक्रिया दिनुहोस्