विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ४ हजार नाग्यो



काठमाडौँ, १५ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेकाे संख्या ४ हजार ५३४ पुगेकाे छ । कुल संक्रमितकाे संख्या भने १ लाख ५८ हजार नाघेकाे छ ।

संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बुधबार एकै दिन ७ हजार २९३ नयाँ संक्रमित फेला परेका छन् । कुल संक्रमितमध्ये हालसम्म ६७ हजार ७४९ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८५ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ९ सयभन्दा बढीकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

लगभग देशैभर संक्रमण फैलिसकेकाे भारतले अब अर्थतन्त्र बचाउन लकडाउन खुकुलाे पार्न थालेकाे छ ।