अर्थ

आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत हुने



काठमाडौँ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्ने भएका छन । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन । कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्नेगरी सरकारले बजेट ल्याउन लागेको हो ।