विचार/ब्लग

नेपालका लागि उपयूक्त आर्थिक प्रणाली



नेपालको अर्थतन्त्रको सबल पक्ष भनेकै अपार प्राकृतिक श्रोत र अधिक युबा जनशक्ति नै हो । यिनिहरुको सही परिचालन गर्न सके जस्तै संकटमा पनि आर्थिक सम्हार र आर्थिक बृद्धि दुबै एकैसाथ गर्न सकिन्छ । यसका लागि देशले उपक्युक्त आर्थिक प्रणालीको अबलम्बन गर्नु जरुरी छ ।

आर्थिक प्रणालीका प्रचलित मोडल मध्ये कम्यनिष्टहरूले सुरूमा चलाएको कमाण्ड इकोनोमी अहिले असान्दर्भिक भैसकेको छ । खुल्ला बजार अर्थतन्त्रमा हामी भारत र चिनसंग प्रतिश्पर्धा गर्न सक्दैनौं भने हाम्रो परम्परागत आत्मनिर्भर आर्थिक प्रणालीले हामी धनी बन्न सक्दैनौं । तर हामीलाई हामीलाई प्रतिष्पर्धा पनि गर्नु छ भने धनि पनि बन्नु छ । हामीले अबलम्बन गरेको मिस्रित अर्थतन्त्र सुन्दा जति राम्रो छ हाम्रो देशको विविधताले गर्दा कार्यान्वयन नतिजामूखी छैन ।

नेपालका लागि पारस्परिक लाभप्रद आर्थिक प्रणाली उपयूक्त हुन सक्छ । यो आर्थिक प्रणालीले वा अर्थतन्त्रको गाडिले पुंजीपतिलाई अर्थतन्त्रको इन्जिन र श्रमजीविलाई इन्धन मानेको छ । देशलाई गाडी र सरकारलाई ड्राईवर मानको छ । प्रधानमन्त्रीले ड्राईवर, अर्थमन्त्रीले कन्डक्टर र रास्ट्र बैंकको गभर्नरले खलासीको भुमिकामा काम गर्नुपर्दछ । अर्थतन्त्रलाई गरिबीको फन्दाबाट बाहिर निकाल्न किक स्टार्टले मात्र पुग्दैन ठुलै धक्काको जरुरत पर्दछ जसकालागि यात्रु वा जनताले नै एक पटक अफ्नो सिटबाट वोर्लेर धक्का मार्नु पर्दछ ।

अर्थशाश्त्रिय भाषामा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम मार्फ़त फिस्कल स्टिमुलस दिनु पर्दछ भने अर्थमन्त्रीले बजेट मार्फत किक स्टार्ट दिनु पर्दछ । साथै गभर्रनरले मौद्रीक नीति मार्फत बिग पुस दिनु पर्दछ । साथै सड़क, ढल र खानेपानीले जस्तो पालो गरी गरी बर्षमा भरि सड्क उदिने जस्तो होईन । सबैकाम संग संगै कार्यान्वयन गर्नु जरूरी छ ।

अर्थतन्त्रको यो गाड़ी सामान्य गाडी चलाऊन लाईसेन्स लिन चाहिने योग्यता भएकाले एक हप्ताको आबासीय तालिम लियेर सजिलै चलाऊन सक्दछ । ईच्छुक मानुभाबहरुले सम्पर्क गर्न सक्नु हुन्छ ।

काठमाडौँ, १५ जेठ

तेजबहादुर ढकाल