काठमाडौँ, १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई कसैको दवाप तथा प्रभावमा नपर्ने बताउँदै राष्ट्रियताको विषयमा कुनै पनि हालतमा नझुक्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै उपनेता नेम्वाङले नेपालमा नेताहरुको विवादका कारण संविधान संशोधनको विषय स्थगित भयो भनेर छिमेकी मुलुकले ढुक्क भएर बस्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई वैधानिकता दिनका लागि संसदमा दर्ता भएको संविधान संशोधनको विधेयक चाडैं पारित हुने बताउनुभयो ।
उहाँले सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता भएको र सवै राजनीतिक दलको समर्थन रहेकाले कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो । अब सरकारले यो प्रक्रिया अगाडी बढाउने भन्दै नेम्वाङले संविधान संशोधनपछि भारतसँग छलफल गर्ने र यसमा संका नगर्न र राजनीतिक दलहरुले यो विषयमा थप छलफल गनरुन भनेर हिजोको बैठमा कार्यसूचीबाट हटाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो प्रस्तावबाट सरकार र कुनैपनि दलहरु पछि हट्ने अवस्थामा छैन् । ७० वर्षको राजनीतिक लडाइबाट दलहरुले धेरै कुरा बुझेका छन् । जनताले पनि बुझेका छन् । अब आफ्नो थैली बलियो बनाउने समय हो । हल्लाको पछि नलागौं । हामी राष्ट्रियताका विषयमा कुनै पनि दल अलग छैनौं । हामी एकता बद्ध छौं । यो सरकारलाई कसैको दवावले काम गर्ने वाला छैन् । त्यसमा पनि विपक्षीदल सहितका सवै दलहरु एकठाउमा छन् । यसका लागि सवै जाती भाषा, धर्म र दलहरु एक ठाँउमा आउनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्