समाचार

आजको मौसम



काठमाडौँ, १६ जेठ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव साथै पुर्वी भु भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहानैबाट काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा शुरु भएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।