समाचार

करेन्ट लागेको एक बृद्धको मृत्यु



तनहुँ, १६ जेठ । तनहुँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

बन्दिपुर गाउपालिका–२ गोलडाँडाका ७० वर्षीय गणेश बहादुर आले मगरको कपडा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।

बेहोस भई ढलेका मगरलाई उपचारका लागि बन्दिपुर अस्पताल ल्याएपछि मृत घोषणा गरिएको हो ।