काठमाडौँ, १६ जेठ । पछिल्लो २४ घण्टामा ब्राजिलमा २४ हजार १५१ कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार ८१२ पुगेको छ । अमेरिका पछि सबैभन्दा धेरै संक्रमण फैलिएको देश ब्राजिल हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार २९४ कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा २६ हजार ९९१ संक्रमितको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्