सर्लाही, १६ जेठ । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका–६ खुटौनाको नहरबाट ३० वर्षीय तौसिफ राजा मिकरानी र ३१ वर्षीय अजमल मिकरानीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले मुसैलीबाट भांडसरतर्फ जाँदै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट १२ किलो गाँजा समेत बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्