समाचार

आजको राशिफल



आज २०७७ साल जेठ १७ गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी

मेष (चुचेचोलालिलुलेलोअ)

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

वृष (इवाविवुवेवो)

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन (काकिकुकेकोहा)

राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । माइलो यात्राको योग रहेको छ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कन्या (टोपापिपुपेपो)

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र मनोबल उच्च रहनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज यात्रा नगरेकै जाती हुन्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

साभारः हाम्रो पात्रोबाट