समाचार

चट्याङले दुईजनाको मृत्यु



रोल्पा, १७ जेठ । रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

चट्याङले दुवैजना बेहोस भएका दुबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको अस्पतालले जनाएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।