काठमाडौँ, १७ जेठ । मन्त्री परिषद्को बैठकले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना (कोभिड–१९) सम्बन्धी महत्वपूर्ण तीन वट निर्णय गरेको छ ।
शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्