गुल्मी, १८ जेठ । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको वडा अध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए ।
उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।
आत्महत्या गर्नुको कारण प्रहरीले मुचुल्का उठाएर अनुसन्धान जारी राखेको छ ।










प्रतिक्रिया दिनुहोस्