समाचार

क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु



काठमाडौँ, १७ जेठ । डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको मृत्यु भएको हो ।

आमाबाबुसँगै ती बालक केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा आएको प्रहरीले जनाएको छ । शनिबार राति अचानक बालक बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीको दावी छ । क्वारेन्टाइनमा मृत्यु भएका बालकको स्वाब संकलन गरी आजै पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।