काठमाडौ,२१ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ काठमाडौ विशेष जिल्ला कमिटीले आन्तरिक अभियानलाई महानगरका सबै वडाहरुमा तीव्र पारेको छ ।
महा नगरपालिका वडाहरुमा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।
यसैक्रममा काठमाडौंको ३२ वडामा भएको भेलाले धर्मराज मैलालीको संयोजकत्वमा १०१ निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसको सहसंयोजकमा मोहन पराजुली रहेका छन भने सचिव नारायण दाहाल रहेका छन् । कार्यक्रमा एमालेका नेता सानुकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रम विशेष जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुलीको अध्यक्षतामा भएको थियो । परिचालन कमिटीले २५ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्