Banner News

थप १६६ जना कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो



काठमाडौँ, १८ जेठ । थप १ साय ६६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै २ सय २० जना कोरोनाबाट मुक्त भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।