समाचार

आफ्नै साथीको हत्या गर्ने चार जना पक्राउ



काठमाडौँ, १९ जेठ । दाङको तुलसीपुरमा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफ्नै साथीले हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुले मदिरा सेवन गरी राती साथीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले संलग्नलाई घटना भएको ५ घण्टामै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तुलसीपुर महानगरपालिका ६ का सौरव पोखरेल, तुलसीपुर ५ का अजय बुढाथोकी, आशिश नेपाली र ओमबहादुर सार्की रहेका छन् । उनीहरुले लागूऔषध तथा मदिरा सेवन गरी साथीको हत्या गरेका थिए । मन्दिपको हत्या ढुंगा प्रहार गरेर गरेको चारै जनाले स्वीकारेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।