राजनीति

सांसद बस्नेतको ड्रिम प्रोजेक्ट, निर्माणका ७ योजना तीब्र



भक्तपुर, १९ जेठ । ‘तँ सोच, म पुर्याउँछु’ भन्ने आख्यानलाई यथार्थमा रुपान्तरण भएको जिल्लाको रुपमा भक्तपुरलाई लिन सकिन्छ । जहाँ जनताको आवश्यकता र मागलाई सम्बोधन गर्दै जनताको विकास प्रतिको चाहनाहरु एक पछि अर्को गर्दै पुरा हुँदै गएका छ । हो, भनिन्छ मानविय जीवनचक्रमा आवश्यकता असिमित हुन्छ तर सिमित स्रोत र साधनले आवश्यकतालाई पुरा गर्दै जानुपर्छ । त्यसको लागि देशकै उदाहरणीय जिल्लाको रुपमा भक्तपुरलाई लिन सकिन्छ, अनुकरणीय जिल्लाको रुपमा स्थापीत भएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेको समयमा समेत सामाजिक दुरीलाई कायम गर्दै विकासका अयोजनाहरु अघि बढिरहेको जिल्लाको रुपमा रहेको भक्तपुर हो । कोरोनाको जोखिमलाई उच्च सतर्कता अपनाउँदै गरे असम्भव छैन भन्ने मान्यतालाई यथार्थमा रुपमान्तरण गर्दै आयोजना अघि बढाइएको छ । जहाँ समस्या त्यही समाधानको नीतिका साथ अघि बढ्नुभएका भक्तपुरको विकासको नेतृत्वकर्ताको रुपमा परिचित हुनुभएको नाम हो महेश बस्नेत । बचन र प्रतिवद्धतालाई शतप्रतिशत कार्यान्वयनमा पुर्याउन सफल हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको एउटै मात्र सपना हो, त्यो ‘समृद्ध भक्तपुर : सुखी भक्तपुरवासी जनता ।’ यसैको लागि भक्तपुरमा साना तथा ठूला गरी सयौं विकासका आयोजनाहरु अघि बढेको छन् । यसमा कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय निर्माणको चरणमा छन् । त्यस्तै कतिपय शुभारम्भको क्रममा रहेका छन् ।

ती विकासका आयोजनाहरु मध्येको सांसद वस्नेतको एक महत्वपूर्ण ड्रिम प्रोजेक्टको रुपमा रहेको सूर्यविनायक नगरपालिका वडा नं. ५, ६ र ७ को सीमा क्षेत्रमा रहेको छेडोमा निर्माण भइरहेको आयोजनाहरु हो । जहाँ खेलकुद क्षेत्रको हबको रुपमा विकसित गराउने उहाँको लक्ष्य रहेको छ ।

उक्त स्थानमा एकै ठाउँ निर्माणको क्रममा रहेको आयोजनाहरु,

१. सडकको चौडाई विस्तार,
२. फुटसल मैदान,
३. व्याडमिन्टन मैदान,
४. मर्निङ्ग वाक सेन्टर,
५. ओपन जिम सेन्टर,
६. भलिवल ग्राउण्ड,
७. प्रदेश सरकारबाट कर्वोड हल लगायतका आयोजनाहरु एकै ठाउँमा निर्माणको क्रममा रहेका छन् ।

त्यसमा फुटसल अघिल्लो आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास कोष (सांसद विकास कोष) तथा नगरपालिकाको सहकार्यमा निर्माण सम्पन्न भई उद्घाटनको चरणमा रहेको छ । त्यस्तै लिटल गार्डेन स्कुलको अघि प्रदेश सरकारले इनडोर गेमकाका लागि कर्वोड हल निर्माणको प्रकृया अघि बढाएको छ ।

सांसद वस्नेतकै पहलमा उक्त खेलकुद हबको रुपमा विकास गरि अघि बढाइएको आयोजनामा कटुञ्जे, हात्तिगौडा हुँदै गुण्डू जाने मुल सडक विस्तार र वाल निर्माणको लागि सडक विभागबाट रु एक करोड ५० लाख, हात्तिगौडा बाट राउत गाउँ जाने सडक माटो कटिङ्ग बाल ग्राबेल निर्माण गर्नको लागि शहरी विकासबाट एक करोड ६० लाख, हात्तिगौडाको पिपल बोटमा ओपन जिम निर्माणका लागि चौतारा निर्माणको लागि उपत्यका विकास प्राधिकरणको तर्फबाट रु २० लाख, बास्केटबल र भलिवल खेलमैदानको लागि सांसद विकास कोषबाट ५० लाख, फुट ट्रायल, पर्खाल तथा गार्डेनको लागि वातावरण विभागको तर्फबाट ७६ लाख बजेट विनियोजन भई हाल तिव्र गतिका साथ निर्माण भइरहेको छ ।

उक्त स्थानमा खेलकुद तथा मर्निङ वाकको निर्माणसँगै त्यस क्षेत्रमा हुन सक्ने सम्भावित विकृति तथा विसंगतिलाई समेत अन्त्य गराउने त्यहाँका स्थानीय वासीले आशा व्यक्त गरेका छन् । गुण्डुको छेडोमा सांसद बस्नेतकै पहलमा डाँडा काटेर अहिले सडकको चौडाई विस्तार समेत भइरहेको छ ।

“विगतका नेतृत्वका कारण जनताले दुःख पाए । अब त्यो दिन सकिँदै गयो । सत्य कुरा कहिल्यै लुक्दैन, भक्तपुरका जनताको विकास प्रतिको शिर झुक्दैन” : महेश बस्नेत 

वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा भन्नुहुन्छ, ‘विकासमा कुनै पार्टी वा राजनीति गर्नुको कुनै अर्थ छैन । विकास यो वा त्यो पार्टीको लागि हैन, जनताको चाहना र आवश्यकता अनुसार हुनछ । जनताको विकास प्रतिको चाहनालाई पुरा गर्न कसैको विरोधबाट आत्तीने र मात्तीने नभई जनताको हितको निम्ती आवश्यक कदम चाल्दै परिस्थिती तथा समय सापेक्ष रुपमा अघि बढ्नुपर्छ । त्यो मात्रै सफल नेतृत्व हुन सक्छ, जसले समस्यालाई समाधान गर्दै जनताको हितमा दृढतापूर्वक अघि बढ्न सक्छ ।

स्वच्छ वातावरण तथा प्राकृतिक मनोरमको रुपमा रहेको उक्त क्षेत्र गुण्डु तथा कटुुञ्जे महत्वपूर्ण क्षेत्र प्रवेश गर्ने मुख्य नाका भएकाले प्रवेशद्वार समेत निर्माण हुने भएको छ । त्यस्तै उक्त स्थानमा मर्निङ वाकको रुपमा विकास गर्दै आम नागरिकको स्वास्थ्य तथा सुरक्षालाई समेत ध्यान दिई छेडोमा एक डाँडाबाट अर्को डाँडामा जाने पैदल यात्रीको लागि ट्रष्ट पुल समेत निर्माण हुने भएको छ । यो सँगै उक्त स्थान पर्यटकीय क्षेत्रको रुपमा विकास भई पार्क, पिकनिक स्पोर्ट रुपमा समेत महत्वपूर्ण स्थानको रुपमा विकास हुने वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी बताउनुहुन्छ ।

गुण्डु प्रवेशको मुख्य द्वारको रुपमा रहेको उक्त स्थान खेलकुद हबको रुपमा मात्र नभई पर्यटकीय क्षेत्रको समेत आकर्षक केन्द्रको रुपमा रहेको छ । उक्त आयोजनाहरु निर्माण सम्पन्न पश्चात उक्त स्थान खेलकुद क्षेत्रको साथै काठमाडौँ उपत्यकाकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा समेत स्थापित हुने भएको छ । आयोजना निर्माण सम्पन्न नभई हाल पनि दैनिक रुपमा करिव १५ सय आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । यो सँगै भक्तपुरको आर्थिक वृद्धिदर तथा रोजगारीको मेरुदण्डको रुपमा भक्तपुरकै मत्वपूर्ण क्षेत्रको रुपमा समेत स्थापीत हुनेछ ।

सांसद बस्नेत भन्नुहुन्छ, ‘अहिले सुरु भएका र केही सुरु हुन बाँकी रहेका आयोजनाहरुको निर्माण सम्पन्न भएपश्चात भक्तपुरको मुहार परिवर्तन हुन्छ । लामो समयदेखी विकास र समृद्धिको जनताको चाहना पुरा हुन्छ । त्यस्तै हजारौं युवाहरुले रोजगारीको लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य हुँदै जानेछ । कतिपय विकास विरोधीहरुले विरोधका नाममा राजनीति गर्न खोजेको देखिन्छ तर त्यस्तालाई जनताले मुल्याङ्कन गरिरहेका छन् । त्यस्तालाई जनताले नै आवश्यक मात्रामा प्रतिवाद गर्दै जानेछन् । विगतका नेतृत्वका कारण जनताले दुःख पाए । अब त्यो दिन सकिँदै गयो । सत्य कुरा कहिल्यै लुक्दैन, भक्तपुरका जनताको विकास प्रतिको शिर झुक्दैन ।’