समाचार

आजको राशिफल



आज २०७७ साल जेठ २० गते मंगलबार, ज्येष्ठ शुक्ल पक्ष एकादशी, निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन)

मेष (चुचेचोलालिलुलेलोअ)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । कृषि कारोबारमा सफलता मिल्नेछ ।

वृष (इवाविवुवेवो)

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मिथुन (काकिकुकेकोहा)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भाईनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

वरपरका इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

कन्या (टोपापिपुपेपो)

प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

सामान हराउने वा चोरी हुने भयछ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

धनु (येयोभाभिभुधाफाढाभे)

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ र मंगल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन (दिदुदेदोचाचि)

सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ ।

साभारः हाम्रो पात्रोबाट