काठमाडौँ, २१ जेठ । हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ भने देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ भने प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्