काठमाडौँ, २१ जेठ । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो कालिकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२-००१ ज ००३० नम्बरको जीपअनियन्त्रित भई दुर्घटना हुँदा जीप चालक रास्कोट नगरपालिका-१ बस्ने ४५ वर्षीय डबल बहादुर साहीकोघटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ चौघडास्थित सडकमा बा.२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीयश्याम फुल बलामीको मृत्यु भएको छ ।
झापाको गौरादह नगरपालिका-१ स्थित सडकमा मे.१ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका-१ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यसैगरी धनुषाको मिथिला नगरपालिका-११ चुरेस्थित सडकमा बा.४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदामोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका-५ फुलजोरस्थित सडकमा ना.८ ख ३०९३ नम्बरको टिपरअनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्