समाचार

आजको राशिफल



आज २०७७ साल जेठ २२ गते बिहीबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी, निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

आज कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

वृष (इवाविवुवेवो)

आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मिथुन (काकिकुकेकोहा)

आज मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आफ्नो काममा विस्तारै सफलता हात पर्नेछ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

रोकिएका काम पुनः सुरू हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कन्या (टोपापिपुपेपो)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सन्तान सुख मिल्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

आज आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (येयोभाभिभुधाफाढाभे)

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । घरायसी मनोरञ्जन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । घरायसी मनोरञ्जन हुनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)

आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

साभारः हाम्रो पात्रोबाट