Banner News

संविधान संशोधन कुनै हालतमा हुँदैनः वरिष्ठ नेता नेपाल



पोखरा,१० माघ । नेकपाएमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावको घोषणा नगर्ने वर्तमान सरकार नालायक भएको बताएका छन

। प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘यो सरकारले संविधान कार्यान्वयनमा गर्न छोडेर संशोधनको रडाको मच्चाइरहेको छ, यस्तो सरकार कसरी जनताको हुन्छ ?

सरकार निर्वाचन छल्ने खेलमा लागेको वताउँदै नेता नेपालले भने अहिले सरकारले जुन प्रकारले मन्त्रिपरिषदको विस्तार गरेको छ । त्यसो गर्नु भनेको निर्वाचन टार्ने खेल हो । ’

संविधान संशोधन कुनै हालतमा गर्न नदिने बताउँदै नेता नेपालले नेपाली जनताको शक्ति भनेको देशभक्तिको शक्ति भएको भन्दै राष्ट्र टुक्राटुक्रा पार्ने षड्यन्त्र विफल हुने दाबी गरे ।

राष्ट्रिय स्वाभिमानलाई बन्धक राख्ने कार्यमा लाग्नेहरु स्वतः समाप्त हुने बताउँदै आम राष्ट्रवादी जनतालाई सचेत हुन आग्रह गर्न एमालेले चार महिने अभियान चलाएको पनि बताए ।

कार्यक्रमप्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।