काठमाडौँ, २२ जेठ । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।
पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए ।
उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्