समाचार

कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि



काठमाडौँ, २२ जेठ । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।