काठमाडौँ, २२ जेठ । थप ३३४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३३४ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका हुन ।
उनका अनुसार २९० जना कोरोना जितेर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्