काठमाडौँ, २२ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संकमण बाट थप एक जनाको मृत्यु भएसागै नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्