Banner News

प्रकृतिलाई जोगाएमात्र मानवको भविष्य सुरक्षित हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक, आर्थिक तथा पर्यावरणिय विकासको निम्तीमात्र नभई मानव जीवनको भविष्यलाई सुरक्षित राख्न प्रकृतिलाई जोगाउनुपर्नेमा जोड दिनुभएकोछ ।

सुरक्षित जीवनका लागि जैविक विविकता भन्ने नाराका साथ आज विश्व वातावरण दिवशको अवसरमा शुभकामना सन्देस जारी गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन देशमा जैविक विविधताको संरक्षण, संमद्र्धन तथा दिगो उपयोगले महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।