सुर्खेत, २३ जेठ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको छ ।
पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार बिहानै उनको मृत्यु भएको थियो । त्यसलगत्तै उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।
त्यहाँ कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीसहित कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्