समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



सिन्धुली, २६ जेठ । सिन्धुलीको फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे  घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए ।

अचेत अवस्थामा भेटिएका मगरलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइए पनि ८ बजे अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।