समाचार

आजको राशिफल



आज २०७७ साल जेठ २७ गते मंगलबार, आषाढ कृष्ण पक्ष चतुर्थी

मेष (चुचेचोलालिलुलेलोअ)

आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगपनि छ ।

वृष (इवाविवुवेवो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।

मिथुन (काकिकुकेकोहा)

आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । केहि मालसामान हराउनपनि सक्छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट बिस्तारै सफलता र आम्दानी बढ्नेछ ।

कन्या (टोपापिपुपेपो)

रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

तुला (रारिरुरेरोतातितुते)

आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोगपनि पाइनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज विशषगरी अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।

मीन (दिदुदेदोचाचि)

गरेको कामबाट सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

साभारः हाम्रो पात्रोबाट