विश्व

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाग्यो



काठमाडौँ, २७ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ८ हजार २४० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७१ लाख ८९ हजार ८०३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३५ लाख ३० हजार ७५१ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अमेरिकामा १ लाख १३ हजार ५५ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४० हजार ५९७ जना, ब्राजिलमा ३७ हजार ३१२ जना, इटालीमा ३३ हजार ९६४ जना र फ्रान्समा २९ हजार २०९ जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख २६ हजार ४२८ जना पुगेको छ । अहिलेसम्म ब्राजिलमा ७ लाख १० हजार ८८७ जना, रसियामा ४ लाख ७६ हजार ६५८ जना, स्पेनमा २ लाख ८८ हजार ७९७ जना र बेलायतमा २ लाख ८७ हजार ३९९ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ७ लाख ७२ हजार ७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ३ लाख २५ हजार ६०२ जना, रसियामा २ लाख ३० हजार ६८८, जर्मनीमा १ लाख ६९ हजार ६०० र इटालीमा १ लाख ६६ हजार ५८४ जना उपचारपछि घर फर्किएका छन् ।