काठमाडौँ, २७ जेठ । प्रतिनिधसभाबाट नेपालको संविधान दोस्रो संशोधन सर्वसम्मतीले पारित गरेको छ । आज बसकोे बंकठले सर्वसम्मतीले पारित गरेको हो ।
नेपालले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सोही क्रममा संविधानमा रहेको निशान छाप परिवर्तन गर्न नेपालको संविधान दोस्रो संशोधन २०७७ प्रस्तुत गरिएको थियो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।










प्रतिक्रिया दिनुहोस्