राजनीति

राष्ट्रिय युवा संघले दियो सांसद गिरीलाई कडा चेतावनी (विज्ञप्तीसहित)



काठमाडौँ, २८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन राष्ट्रिय युवा संघ नेपालले जनता समाजवादी पार्टी (जसपा)को तर्फवाट सांसद रहेकी सरिता गिरीलाई कडा चेतावनी दिएको छ ।

संघका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा सांसद गिरीले राष्ट्रियताविरुद्ध दिएको अभिव्यक्ति प्रति कडा रुपमा आपत्ती जनाउँदै नेपालको संविधान अनुसार पदमा बस्न नमिल्ने उल्लेख गरेको छ । संघघले सम्बन्धीत पार्टीले तत्तकाल कारवाही नगरे संघले कानुनी उपचारको बाटो खोज्ने समेत चेतावनी दिएको छ ।