काठमाडौँ, २८ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ७३ लाख ११ हजार ५९६ जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्वभर कोरोना भाइरसका कारण हालसम्म कोरोना ४ लाख १२ हजार ९९७ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३५ लाख ९४ हजार ८९९ जना पुगेको छ ।
अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ४५ हजार ४८५ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । ब्राजिलमा ७ लाख ४२ हजार ८४ जना, रसियामा ४ लाख ८५ हजार २५३ जना, बेलायतमा २ लाख ८९ हजार १४० जना र स्पेनमा २ लाख ८९ हजार ४६ जनामा संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १४ हजार १४८ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४० हजार ८८३ जना, ब्राजिलमा ३८ हजार ४९७ जना, इटालीमा ३४ हजार ४३ जना र फ्रान्समा २९ हजार २९६ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा ७ लाख ८४ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ३ लाख २५ हजार ६०२ जना, रसियामा २ लाख ४२ हजार ३९७, जर्मनीमा १ लाख ७० हजार २०० र इटालीमा १ लाख ६८ हजार ६४६ जना उपचारपछि घर फर्किएका छन् ।










प्रतिक्रिया दिनुहोस्