विश्व

कोरोनाबाट मृत्युको संख्या अमेरिका र ब्राजिलमा फेरि बढ्यो



काठमाडौँ, २८ जेठ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मंगलबार मात्र १ हजार ९३ जनाकाे मृत्यु भएकाे छ ।

अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख १४ हजार १४८ जना पुगेको छ । वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बुधबार बिहानसम्म कुल संक्रमित संख्या २० लाख ४५ हजार ५४९ पुगेकाे छ । मंगलबार त्यहाँ एकै दिन १० हजार ५६ नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस कमजाेर हुँदै गएकाे देखिएकाे छ । त्यहाँ संक्रमितहरू निकाे हुने दर बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ७ लाख ८८ हजार ८६२ जना पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ ।

उता ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ ।  मंगलबार याे संख्या बढेर ३१ हजार १९७ जनामा संक्रमण पुष्टि भएकाे छ ।

काेराेना भाइरसकै कारण ब्राजिलमा दैनिक मृत्यु फेरि उकालाे लागेकाे छ । मंगलबार मात्र त्यहाँ भाइरस संक्रमणका कारण १ हजार १८५ जनाले ज्यान गुमाए । अहिलेसम्म ब्राजिलमा काेराेनाका कारण कुल ३८ हजार ४९७ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा हाल काेराेना संक्रमित संख्या ७ लाख ४२ हजार नाघेकाे छ भने निकाे हुनेकाे संख्या ३ लाख २५ हजार नाघेकाे छ ।