Banner News

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३ सय नाग्यो



काठमाडौँ, २८ जेठ । थप २७९ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या  ४३६४  पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार आज ९० जना डिस्चार्ज भ भएसगै नेपालमा ६७४ जना कोरोना जितेर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ ।