काठमाडौँ, २९ जेठ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार १०७ पुगेकाे छ ।
एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत अहिले विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा छ । भारतमा पछिल्लो २४ घण्टाको अवधि (बुधबार) मा १२ हजार ३७५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । याे भारतमा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हाे । मंगलबार त्यहाँ १० हजार २१८ जना नयाँ संक्रमित फेला परेका थिए ।
भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ८७ हजार १५५ पुगेकाे वर्ल्डाे मिटर्सकाे तथ्यांकले जनाएकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै भारतमा काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे छ । अहिले भातरमा १ लाख ३८ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ४० हजार ९८९ जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्