काठमाडौँ, २९ जेठ । विश्वभर काेरोना भाइरस (काेभिड १९) सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म ५० प्रतिशतभन्दा बढी निकाे भए घर फर्किएका छन् ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ३७ लाख ३० हजार ५६ पुगेकाे छ । काेराेनाभाइरस संक्रमितकाे संख्या भने ७४ लाख ४६ हजार २२९ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।
२४ घण्टामा मात्रै विश्वभर १ लाख ३१ हजार बढी काेराेना संक्रमित निकाे भएका छन् । अहिलेसम्म काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या भने ४ लाख १८ हजार १३७ पुगेकाे छ ।
सबैभन्दा धेरै अमेरिकामा ८ लाख ८ हजार ५ सयभन्दा धेरै निकाे भएका छन् । अमेरिकामा २० लाख ६६ हजार ४ सयभन्दा धेरै सङ्क्रमित भएकाेमा १ लाख १५ हजार १३० जनाकाे ज्यान गएकाे छ ।
ब्राजिलमा ७ लाख ७५ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा ३ लाख ८० हजार ३ सयभन्दा धेरै निको भएका छन् । ब्राजिलमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या भने ३९ हजार ७९७ पुगेकाे छ ।
रूसमा २ लाख ५२ हजार ७८३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने स्पेनमा १ लाख ६९ हजार ९५८ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै भारतमा १ लाख ४० हजार ९७९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । इटालीमा १ लाख ६९ हजार ९३९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
जर्मनीमा १ लाख ७० हजार ७०० जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने पेरूमा ९८ हजार ३१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्