समाचार

कारागारमा एक कैदीको मृत्यु



बुटवल, २९ जेठ । जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका–३ का ६९ वर्षीय खगिराम रामजाली घर्तिमगरको उपचारका क्रममा मृत्यु भएको हो ।

एक्कासि मुटु दुख्ने समस्या देखिएपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागि बुधबार जिल्ला अस्पताल बिजुवार पठाइएको र उपचारकै क्रममा गएराति १० बजे अस्पतालमै मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले बताए ।

रामजालीको शब पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने कारागारले जनाएको छ ।